मेटमणिलाई ‘दूषित तत्व’ भन्दै झलनाथले गरे कारवाहीको माग

निरन्तर न्यूज
१ आश्विन २०८१, मंगलवार ०७:५०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले कालापानी, लिपुलेकका विषयमा दिएको अभिव्यक्ति घोर राष्ट्रियता विरोधी भन्दै कारबाहीको माग गरेका छन् ।

खनालले सोमबार साँझ विज्ञप्ति जारी गर्दै चौधरीमाथि कारबाहीको माग गरेका हुन् । चौधरीको अन्तरवार्ता आफूले सुनेको र त्यहाँ दिइएको अभिव्यक्ति भारतीय नागरिक बोलिरहेको कि नेपाली भन्दै खनालले आक्रोश समेत व्यक्त गरेका छन् ।

यस विषयमा आम कार्यकर्ता, समर्थक र सुभेच्छकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको बताउँदै उनले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । ‘अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु’, खनालले विज्ञप्तिमा भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*