उपत्यकामा दिउँसो मालबाहक सवारी चल्न नपाउने

काठमाडौं । आउँदो असार १ गतेदेखि काठमाडौंमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सबै खाले मालबाहक सवारीलाई चल्न निषेध गरिने भएको छ । यातायात व्यवस्था विभागले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म साना तथा ठूला मालबाहक सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाउने भएको हो ।तर दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीका हकमा भने यो प्रावधान लागू हुने छैन । सार्वजनिक बिदाका दिन भने सबै खालका मालबाहक सवारी चल्न दिने विभागले जनाएको छ । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बढेर चक्रपथ क्षेत्रमा समेत जाम हुन गएकाले बिहान ८ बजेदेखि...