जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
दोहा। फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत सोमबार पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। अल जानोब रंगशालामा जारी जापान र साविक उपविजेता क्रोएसियाबीचको खेल निर्धारित/अतिरिक्त समयमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा जापान दुर्भाग्यशाली साबित हुँदा क्रोएसिया १–३ ले विजयी भयो।

