सञ्चारिका समूहमा पन्थी

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार भएको नवौँ महाधिवेशनबाट अध्यक्ष पन्थी निर्वाचित भएकी हुन् । अध्यक्षमा निर्वाचित पन्थीले १४९ मत प्राप्त गर्दा अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् । उपाध्यक्षमा भने बसन्ती बाँस्तोला निर्वाचित भएकी छिन् । उपाध्यक्षमा निर्वाचित बाँस्तोलाले १२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी लोग्शरी कुँवरले १०० मत पाइन् । महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित भएकी छिन् । यसैगरी, सचिवमा उर्वसी बस्न्यातले १०७ मत सहित विजयी हुदाँ सचिव पदमा अर्की प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित भइन् । कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएकी छन्...