तीन जना मध्ये को बन्लान् सचिव?

निरन्तर न्यूज
६ बैशाख २०८२, शनिबार ०५:५३

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक जना सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवत्रय, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरेको प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी प्राप्त भएको छ ।

पहिलो नम्बरमा सिफारिस चन्द्रकला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत छिन् भने शोभाकान्त अर्थ र भूपाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेल अनिवार्य अवकाशमा गएसँगै एक सचिव पद रिक्त भएको थियो। अब बस्ने मन्त्रिपरिषद् बैठकले तीनमध्ये एक जनालाई सचिवमा नियुक्त गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*