निर्णायक भनिएकाे ओली-प्रचण्ड भेटवार्ता आरोप प्रत्यारोपमै सीमित

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । निर्णायक भनिएकाे बिहीबारको उक्त छलफल एकअर्कालाई आरोप प्रत्यारोप लगाउनमै केन्द्रीत भएकाे स्रोतले बताएको छ । ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा भएको छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको बैठक बोलाउने विषयमा कुनै सहमति भने हुन नसकेको बताइएको छ । छलफलमा प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाउने र सबै कुरा त्यहीँ छलफल गर्न भनेका थिए । तर यसबारेमा कुनै पनि सहमति हुन सकेको...