काँग्रेस नेता पराजुलीले कोरोना बिमाको रकम सामाजिक काममा खर्चिने

हेटौंडा । नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले कोरोना विमा बापतको रकम सामाजिक काममा सहयोग गरेका छन् । आफू कोरोना संक्रमण भइ निको भएका पराजुलीले कोरोना विमाबाट प्राप्त एक लाख रूपैयाँ सामाजिक काममा सहयोग गरेका हुन् । पराजुलीले विमाबाट प्राप्त रकम मध्ये हेटौंडा वडा नम्बर ६ का ५० जनाको कोरोना विमा, कोरोना संक्रमण भइ निको भएका ३ पत्रकारलाई जनही ५ हजारका दरले १५ हजार रूपैया, हेटौंडा-५ मा संचालित फुड बैंकलाई १५ हजार र कोरोना संक्रमित प्रहरी र थुनुवालाई पोषिलो खुराकका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । कोरोना संक्रमितहरूको प्रोत्साहन र कोरोना विरूद्धको अभियानमा...