अमेरिका राष्ट्रपति चुनाव : हालसम्म ट्रम्पभन्दा वाइडन अगाडि

निरन्तर न्यूज
१९ कार्तिक २०७७, बुधबार ०९:४९

एजेन्सी । कोरोना महामारीका बीच मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको छ । हालसम्मको नतिजामा जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पारेका छन् ।

पछिल्लो मतपरिणामअनुसार बाइडेनका १३५ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका १०८ प्रतिनिधि छानिएका छन् ।

अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ । मंगलबार राति अबेरसम्म भोट खसालिएकाले चुनावको अन्तिम नतिजा आउन भने ढिला हुने बताइएको छ । अमेरिकी राष्ट्रपतीय चुनावले विश्वको ध्यान तानेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*