प्रचण्डले प्रधानमन्त्रीलाई भने : पार्टी विवाद सचिवालय बैठकबाट हल गराैँ
निरन्तर न्यूज
१६ कार्तिक २०७७, आईतवार ०८:२४
काठमाडौँ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी भित्रको आन्तरिक विवाद सचिवालय बैठकबाट टुग्याउन माग गरेका छन् ।
आज बालुवाटारमा भएको छलफलमा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन माग गर्दै पार्टीका सबै समस्या सचिवालय बैठकबाटै हल गर्नुपर्ने माग गरेका हुन् ।











