मधेसलाई अधिकार सम्पन्न हुन बाट कसैले रोक्न सक्दैन : मुख्यमन्त्री राउत

सर्लाही । मुख्यमन्त्री लालबाबु राउतले मधेसलाई अधिकार सम्पन्न हुन बाट कसैले रोक्न न सक्ने बताउनु भएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सर्लाहीको मलङ्गवा नपा ७ स्थित ऐतिहासिक पुरानो पोखरी सौन्दर्यिकरणको शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो बताउनु भएको हो । मुलुक सङ्घियता गएपनी प्रदेशलाई अधिकार सम्पन्न हुन नदिन विभिन्न जाल झेल भैइ रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यस्ता जालझेल हरु मधेस लाई अधिकार सम्पन्न हुन बाट रोक्न नसक्ने उदघोष गर्नु भयो । सङ्घिय सरकारले बजेट बितरणमा विभेद गर्ने देखि प्रदेशले राख्न पाउनु पर्ने आफ्नै शासन प्रशासनमा समेत अवरोध गरि रहेको दावी...