सिपी गजुरेलले भने, ‘अब त अत्ति भयो, आन्दोलनका लागि तयार रहनुस्’

निरन्तर न्यूज
४ आश्विन २०७७, आईतवार १६:३६

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले आन्दोलनका लागि तयार रहन सर्वसाधरणका लागि आह्वान गरेको छ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले जारी गरेको वक्तव्यमा सरकार विदेशी शक्ति केन्द्रहरू दलाल पुँजीपति र विचौलियाको निर्देशनमा सञ्चालित भएको आरोप लगाइएको छ। ‘मर्न आँटें उपचार पाउँ-भन्दा भन्दै सुत्केरी र कोभिङ-१९ का विमारीहरुको ज्यान गएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘सास जान आँट्यो केही त खान पाउँ भन्दै विपन्न वर्गका मानिसहरुले प्राण त्याग्नु परेका घटनाले सञ्चार माध्यमहरु रंगिएका छन्।’

सरकारले संविधान दिवसकै दिन भोका जनतालाई खाना वितरण गरिरहेकाहरु माथि संविधान दिवसमा डिस्टर्ब हुन्छ भन्दै प्रहरीले लखेटेको, सामान्य माग लिएर जनता माथि लाठी बजारेको, कोभिड-१९ संक्रमितको उपचार सरकारले नगर्ने र सर्वसाधरणले गर्नुपर्ने भन्दै निर्लज्ज रुपमा सरकार प्रस्तुत भइरहेको आरोपसमेत वक्तव्यमा भनिएको छ।

‘रोजगारीको कुनै ठोस योजना राज्यको ढुकुटी भ्रष्टाचार र कमिसनबाट रित्तिने अवस्थातिर गैरहेको छ,’ वक्तव्यमा अगाडि भनिएको छ, ‘यो सरकारले गरेको अति अब खपिनसक्नु हुँदै छ। हामीले सरकारलाई जानकारी गराउने, सचेत गराउने, दवाब दिने सबै काम गरिसकेका छौं। संसदमा भएको कुत्षित दुई तिहाईको दम्भ प्रदर्शन गर्नु बहेक जनताको आवाज सुन्ने पक्षमा यो सरकार देखिदैन। यस्तो अवस्थामा अब अर्को जनआन्दोलनमा उत्रनु सिवाय अन्य कुनै विकल्प छैन।’श्रोत पहिलोपोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*