ओली, देउवा र प्रचण्डभन्दा ज्ञानेन्द्र शाह सयौं गुणा बढि लोकतान्त्रिक छन् : डा. आचार्य (भिडिओसहित)

निरन्तर न्यूज
४ आश्विन २०७७, आईतवार १३:३६

काठमाडौं। संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालको संविधान लेखाईको हिसाबले यसमा उल्लेख गरिएका कतिपय प्रावधानले बाहिरी देशका संविधानभन्दा फरक रहेको कुरा साँचो भएको स्पष्ट पारेका छन् । हिजो (शनिबार)राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै संविधानविद् डा.आचार्यले यस्तो बताएका हुन् ।

उनले भने,‘मौलिक अधिकार पनि कागजमा हेर्दा अरु देशको भन्दा बढि छ । समावेशिताको कुरापनि अरु देशको भन्दा बढि छ । तर, अब संविधान भनेको सजावटको लागि हुँदैन् । त्यो कार्यान्वयनको लागि हो । अब, कार्यान्वयनको लागि त उत्कृष्ट होईन, ठीक अपोजिट छ । उल्टो शब्द चाहीँ प्रयोग गर्नुपर्ने अवस्था छ ।’ आचार्यले संविधानसभाले बनाएका संविधान नै विश्वमा दुई÷तीन वटा भएको सुनाए । उनले भने,‘दुईरतीन वटाभित्र एउटा पर्नु भनेको के हो र रु कहिलेकाहीँ कुनै प्रतियोगितामा एक्लै भएर जितेका पनि रेकर्ड छन् । त्यो खालको हो यो । प्रतियोगिताविहीन भएकोले यसलाई उत्कृष्ट भन्न सकिएला ।’ यद्धपी संविधानका प्रावधान राम्रा भएको उनको भनाई छ ।

आचार्यले अहिलेका दलका नेताहरुलेभन्दा आफूले बढि संविधानको पालना गरेको पनि दाबी गरे । र, उनले भुरे, टाकुरे राजाभन्दा मुलुकमा एउटा राजा नै ठीक भएको पनि स्पष्ट पारे । उनले भने,‘राजसंस्था फर्काउन म चाहँदैन्, मेरो मुखबाट त्यो भनेको छैन् । तर, एउटा कुरा यो मुलुकमा त त्यो चाहिँदो रहेछ । यी भुरे, टाकुरे राजाभन्दा त एउटा राजा मुलुकलाई आवश्यक थियो । र, रैछ त्यो कुरा ।’ पत्रकार धमलाले तपाईं पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउन लागेको हो रु भनेर सोधेको प्रश्नमा डा। आचार्यले भने–‘यो असान्दर्भिक प्रश्न हो । प्रश्न के हो भनेकी हिजो आन्दोलनमा थियौं । सबैभन्दा बढि लेख्नेमध्ये म पनि थिएँ । हिजो हामी रुल अफ ल का लागि लडेका थियौं । सामाजिक–आर्थिक न्यायका लागि लडेका थियौं । तर, यो खालको लुटतन्त्रको लागि चाहीँ हामीले गरेका थिएनौं क्या । मैले व्यवस्था खराब कहाँ भनेर रु पात्र खराब हो नि।’

उनले अघि भनेका छन्,‘तुलना गर्दाखेरि हिजोका राजाहरु यो देशका लागि सम्पूर्ण रुपमा बरु हितकारी रहेछन् क्या । अहिलेका यिनीहरु त राष्ट्रमाथि पनि बेईमानी गर्ने । संविधान र कानूनपनि पालना गर्नुनपर्ने । अनि तपाईंरहामी गरिब जनताबाट उठाएको करले उहाँहरुले मोज गर्नुभएको छ ।’ उनले अहिलेका नेताहरुभन्दा पूर्वराजा ज्ञानेन्द्र शाह नै सयौं गुणा बढि लोकतान्त्रिक रहेको दाबी गरे । उनले भने,‘ज्ञानेन्द्र त यी नेताहरुभन्दा सयौं गुणा बढि लोकतान्त्रिक छन् ।’ उनले संस्कारको हिसाबले पनि हिजोका राजाहरु अहिलेका नेताहरुभन्दा धेरै गुणा माथि रहेको टिप्पणी गरे ।श्रोत रिपोर्टर्स नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*