आज रातीदेखि लकडाउन निर्णय आउने
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसंगै पुनः लकडाउन हुने लगभग निश्चित भएको छ । विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धतासँगै आजै राति देखि लागू हुनेगरी आज निर्णय हुने लगभग पक्का छ बालुवाटार स्रोतले भन्यो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको जनस्वास्थ्यका बिज्ञहरु र सिसिएमसीका पदाधिकारी सहितको छलफलमा ओलीले बिज्ञहरुको सुझाव नै कार्यान्वन गरिने बताएका हुन् । छलफलमा स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुहरु पनि उपस्थित थिए । करिब ४ घण्टा चलेको छलफलमा सहभागी अधिकांशले पुनस् लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । भने कतिपयले कडा कदम चाल्दै कर्फ्यु...


















