मकवानपुरमा विभिन्न पार्टी छोडेर काँग्रेस प्रवेश

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरकाे इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा भएको वडा भेलामा विभिन्न पार्टी परित्याग गरी एक सय जना कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँ लगायतका नेताहरुले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।
कांग्रेस प्रवेश गरेका उनीहरुले २००७ सालदेखि अहिलेसम्म निरन्तर जनतामाझ लाेकप्रीय पार्टी कांग्रेस मात्र भएको बताए । राजनैतिक परिवर्तनको नेतृत्व गरेको पार्टी र जनताको सुख दुःखमा साथ दिने पार्टी कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको उनीहरुको भनाई थियो ।
भेलाले रजिना राना मगरको संयोजकत्वमा महिला संघ वडा कार्यसमिति गठन गरेको छ । समितिको उप–संयोजकमा जुमा लामा, सचिव लक्ष्मी गोले, सहसचिवमा सुमित्रा नगरकोटी, कोषाध्यक्षमा चिनिमाया लामा, सदस्यहरुमा कोपिला स्याङतान, साहिलि लामिछाने, सम्झना राना मगर, सानुकान्छी राना, विमला लामा लगायत रहेका छन्