प्रचण्ड, बाबुराम र मोहन वैद्य एकै ठाउँमा हुनुपर्छ : विश्वद्वीप पाण्डे

निरन्तर न्यूज
१५ श्रावण २०७७, बिहीबार ११:३०

काठमाडौं। समाजवादी पार्टीका प्रचार विभाग उपप्रमूख विश्वदीप पाण्डेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई एक ठाउँमा हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत् ‘व्यक्तिगत धारणा’ भन्दै पाण्डेले प्रचण्ड र बाबुरामको मेलबाट नै देशको हित हुने बताएका हुन्।

पाण्डेले एमालेसँग एकता गरेर नेकपासम्म आइपुग्दा प्रचण्डको र नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा बाबुरामको राजनीतिक प्रयोगको आफ्नो रहर पूरा भएको भन्दै अब २०५२ पछिका सबै प्रगतिशिल शक्तिहरु एकठाउँमा हुनुपर्ने बताए।

उनले ट्विटरका लेखेका छन्, ‘मेरो विचारमा एमालेसँग एकता गरेर नेकपासम्म आइपुग्दा प्रचण्डको र नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा बाबुरामको राजनीतिक प्रयोगको आफ्नो रहर पक्कै पूरा भयो होला। ‘अब प्रचण्ड बाबुरामसहित २०५२ सालपछिका सबै प्रगतिशील शक्तिहरु एकठाउँमा हुने वातावरण बन्दा नै प्रचण्ड बाबुराम र सँगसँगै देशको पनि हित हुने देख्दछु।’ श्रोत लोकपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*