आफ्नै खर्चमै भएपनि परेवाभीरमा बाटाे बनाइछाड्ने नेता बाँनीयाकाे अडान

निरन्तर न्यूज
१४ श्रावण २०७७, बुधबार १९:२२

हेटाैँडा । मकवानपुर जिल्लाकाे राक्सीराङ गाउँपालिकामा पर्ने परेवाभीरकाे बाटाे आफ्नै पहलमा कुनै पनि हालतमा बनाइछाड्ने नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी गरेका छन् ।

नेता बाँनीयाले निजी खर्चमै भएपनि बाटो बनाउने आज बताएका छन् । उनले आफुले बाेलेकाे कुरा रेकर्ड राख्न सुझाउँदै पत्रकारहरुलाई आफ्ना क्षेत्रका जनताका समस्यालाई समाधान गर्ने बाचा कुनैपनि हालतमा पूरा गर्ने बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केहीदिन अघि परेवाभीरमा बाटो नबन्ने अभिव्यक्ति दिएपछि त्यहाँका जनता निकै निराश बनेको भन्दै बानियाँले कुनै पनि परेवाभीरमा बाटाे बन्ने दाबी गरेका हुन् । अबदेखि नेता बाँनीयाले आफ्नाे अर्जुन दृष्टि त्यतै रहने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, काँग्रेसका उक्त क्षेत्रका नेता लाेक मुक्तान समेतको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*