कुलेखानीमा माछा बिक्रिबाट तीन लाखभन्दा बढी राजस्व संकलन
हेटौंडा । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले चालु आर्थिक वर्षको आठ महिनामा तीन लाख भन्दा बढी राजस्व संकलन गरेको छ। केन्द्रले चालु आर्थिक बर्षको फागुण महिना सम्ममा तीन लाख ३८ हजार २ सय २१ रुपौयाँ राजस्व संकलन गरेको हो । कुल एक हजार चार सय ३२ किलो विभिन्न जातको माछा विक्रीबाट उक्त राजस्व संकलन गरिएको मत्स्य विकास केन्द्र कुलेखानीका मत्स्य विकास अधिकृत मनिता पौडेलले जानकारी दिइन् । पौडेलका अनुसार केन्द्रले चालु आर्थिक बर्षको साउन महिनामा केज र तियारीबाट एक सय ८० किलो माछा उत्पादन गरि बिक्री गर्दा चार हजार चार सय ३७ रुपौयाँ राजस्व संकलन गरेको...



















