सेवालाई प्रविधिमैत्री बनाउँदै बागमती प्रदेशकाे उद्योग मन्त्रालय

हेटौंडा । वागमती प्रदेशकी उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको पहिलो वार्षिकोत्सवको अवसरमा मन्त्री सुकमाया तामाङबाट मन्त्रालयका सम्पूर्ण सेवाहरु प्रविधिमैत्री बनाउँदै लैजाने कार्यको सुरुवात मन्त्रालयको सेवासम्बन्धि जानकारीमूलक डिजिटल डिस्प्ले उद्घाटन गरेकी छन् । गत वर्षदेखि हालसम्मको वार्षिक प्रतिविम्बनहितको बुलेटिनको पनि सोही अवसरमा उनले अनावरण गरिन् । कार्यक्रममा उनले मन्त्रालयको कार्य जिम्मेवारीअनुरुप सम्पादन गर्नुपर्ने कार्यहरुलाई आर्थिक अनुशासन कायम गर्दै सर्वसाधारणले पाउनुपर्ने सेवासुबिधा छिटो, छरितो एवम् प्रभावकारी र कुशलतापूर्वक सञ्चालन गर्न उत्साहजनक सहभागिता र सहयोगका लागि उनले कर्मचारीको प्रशंसा गरिन् । व्यापार र उद्योगको क्षेत्रमा, व्यापार सम्बन्धिनीति, कार्यक्रम, कानुन, मापदण्ड, योजना तर्जुमा र कार्यान्वयनका लागि प्रचलित ऐननियमको परिधिमा...