जुनियर ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व वरियताको सातौँ स्थानमा
काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियरतर्फ विश्व वरियताको सातौं स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन संघले सार्वजनिक गरेको वरियताअनुसार गतसाता १०औं स्थानमा रहेका प्रिन्स तीन स्थान सुधार गर्दैै सातौं स्थानमा उक्लिएका हुन्। त्यसअघि महासंघले गत पुस अन्तिम साता निकालेको विश्व वरियतामा उनी ११औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा मङ्सिरमा ३२औँ स्थानमा थिए। विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व वरियताको शीर्ष १० मा पुग्ने पहिलो नेपाली खेलाडी बनेका प्रिन्स हाल युरोपमा भइरहेका प्रतियोगिता खेलिरहेका छन्। उक्त वरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन्। दोस्रो स्थानमा भारतका मिइराव लुवाङ तथा तेस्रो स्थानमा पनि भारतकै वरुण...