वाग्मती प्रदेश बुद्धिचाल संघमा प्रजापति

निरन्तर न्यूज
१६ माघ २०७६, बिहीबार १८:५६

हेटौंडा । वाग्मती प्रदेश बुद्धिचाल संघको अध्यक्ष ज्ञानकृष्ण प्रजापति चयन भएका छन् ।

विहीबार हेटौंडामा भएको संघको भेलाबाट प्रजापतिको नेतृत्वमा नौ सदस्यीय प्रदेशस्तरीय समिति निर्विरोध चयन गरेको हो । समितिमा उपाध्यक्ष राजेश कक्षपति, सचिव सुरविर लामा तथा कोषाध्यक्ष नरेन्द्र भणडरी रहेका छन् । समिति सदस्यहरुमा उत्तम ढुङ्गेल, सुनिलरत्न शाक्य, मोहन श्रेष्ठ, सम्झना रिजाल, रश्मा महर्जन रहेका छन् ।

नेपाल बुद्धिचाल संघ अध्यक्ष एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भेला भएको थियो । देश संघीयतामा गएस“गै संघको संरचना पनि प्रादेशिक शैलीमा परिवर्तन गरिएको श्रेष्ठले बताए ।

यसैगरी हेटौंडामा नै बसेको संघको केन्द्रीय बैठकले चैत २८ र २८ गते वीरगञ्जमा चुनावी साधारणसभा गर्ने निर्णय गरेको संघ महासचिव धरम लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु