ल्होछारको अवसरमा पदमपोखरीमा बृहत सांस्कृतिक कार्यक्रम हुने
हेटौंडा । तामाङ समुदायको २८५७ औं सोनाम ल्होछारको अवसरमा मकवानपुरको पदमपोखरीमा ल्होछार विशेष बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । फागुन ३ गते वृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने जानकारी दिइएको छ । सांस्कृतिक कार्यक्रम मूल समारोह समितिको आयोजनामा हेटौंडा–१३ ठूलोथली, गुम्बाडाँडामा कार्यक्रम हुने आयोजकले बताएको छ । सांस्कृतिक कार्यक्रममा भेषभुषा, संस्कृति, तामाङ संस्कृति र स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने कार्यक्रम संयोजक आइमान मोक्तानले जानकारी दिए । उनका अनुसार कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । कलाकारहरु विश्व दोङ, टीका भोम्जन, सुनिता रुम्बा, सुशील थिङ, कोरियोग्राफर मेघना मगरलगायतको प्रस्तुति रहने मोक्तानले जानकारी दिए । तामाङ...