माघ १ गते सार्वजनिक बिदा

निरन्तर न्यूज
२६ पुष २०७७, आईतवार २०:५०

काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ । आइबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु