शान्तिनगर बस्ती संरक्षणका लागि काम थालनी

निरन्तर न्यूज
१८ मंसिर २०७६, बुधबार १३:४३

हेटौँडा । मकवानपुरको हेटौंडा -५ शान्तिनगर वर्षायामको बेला डुबानमा पर्ने गरेको बस्ती संरक्षणका लागि काम थालनी गरिएको छ ।

हेटौंडाको क्याम्पाडाडाको पुलमुनिको भागबाट सात सय ५० मिटर तलसम्म क्रंक्रिट वाल लगाएर वर्षामा हुनसक्ने डुबानबाट बस्ती जोगाउँने काम सुरु गरिएको हो ।

करिब एक करोड ३९ लाख रुपैया लागत अनुमान गरिएको कार्यमा पहिलो चरणमा हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपिया बजेट विनियोजन गरेर काम सुरु गरिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाले जानकारी दिए ।

क्रंक्रिट वाल लगाइएपछि शान्तिनगरका करिब सात सय घरधुरी विपदको जोखिमबाट संरक्षित हुने अपेक्षा गरिएको वडा अध्यक्ष बानियाले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*