मउवा संघमा आबद्ध सदस्यहरुलाई चुरेहिल हस्पिटलमा छुट

निरन्तर न्यूज
११ पुष २०७६, शुक्रबार १८:४०

हेटाैँडा । मकवानपुर उद्योग वाणिन्य संघमा आबद्ध सदस्यहरुको उपचारका लागि चुरेहिल हस्पिटलमा लाग्ने शुल्कहरुमा छुट दिने गरि शुक्रबार मकवानपुर उद्योग वाणिन्य संघ र चुरेहिल हस्पिटल प्रा.लि.बीच सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

संघमा आबद्ध सदस्यहरुलाई ओपिडी बाहेकका ल्याबोरेटरी शुल्कहरुमा १५ प्रतिशत, औषधि शुल्कमा ७ प्रतिशत तथा अन्य सेवा शुल्कहरुमा १५ प्रतिशत छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा संघको तर्फबाट मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र हस्पिटलको तर्फबाट चुरेहिल हस्पिटलका अध्यक्ष गोकर्ण पराजुलीले हस्ताक्षर गरेका हुन् ।

यसैगरी, सोही कार्यक्रम मै आम नागरिकहरुले पनि हरेक औषधि पसलबाट ७ प्रतिशतसम्मको छुट पाईने व्यवस्था भएकोले छुट दिन र लिनका लागि पनि आग्रह गरिएको असुपतालका प्रशासन प्रमुख विवेक मानन्धरले जानकारी दिनुभयाे ।

सम्झौता कार्यक्रममा संघका महासचिव प्रमोद रानाभाट, राजाराम कार्की लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु