शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री, ३ बजे शपथ
काठमाडौँ । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री बनाइने भएको छ । । उनले सोमबार दिउँसो ३ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।
समाजवादी पार्टीले सरकार छाडेपछि खाली रहेको उक्त मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।
तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिँदा आफू कुनै नयाँ जिम्मेवारीमा रहने र त्यसको खुलासा पछि गर्ने पत्रकार सम्मेलनमा बताएकी थिइन् ।











