कांग्रेसका नेताले मार्ने धम्की दिएका राससका पत्रकार प्रेम राैले कांग्रेस नेताबाटै निर्घात कुटिए
काठमाडौँ । कांग्रेसका नेताले मार्ने धम्की दिएका पत्रकार प्रेम रौले पार्टीको बैठकमा निर्घात कुटिएका छन् । प्रेस युनियन बाजुराका अध्यक्षबाट हिजोमात्रै राजिनामा दिएका रौले सोमबार पार्टी बैठकमा कुटिएका हुन । पत्रकार रौलेलाई कांग्रेस नेताले बैठकमा बोलाएर योजनाबद्ध रुपमा मरणासन्न तरिकाले कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
रेडियो पौरखीको विषयलाई लिएर राससकर्मी रौलेलाई कांग्रेस बैठकमा बोलाएर हिरेन्द्र रोकाया लगायतका व्यक्तिहरुले नेताहरुकै सामु कु्टपीट गरेको रौले जनाएका छन । गत शनिबार रेडियो पौरखीको स्टेशन म्यानजर पदको परिक्षा नियमसम्बद्ध नभएको भन्दै परिक्षा बहिस्कार गरेका रौलेलाई छलफलका लागि पार्टी कार्यालय बोलाएर पार्टी सभापति कविराज पण्डितकै अघि हातपात भएको रौलेले जनाएका छन् । रौले माथि भएको आक्रमणको पत्रकार महासंघ बाजुराका साथै पत्रकाहरुहरुले भत्र्सना गरेका छन ।श्रोत दैनिकी











