रामेश्वर फुयालले आजबाट भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने

निरन्तर न्यूज
५ फाल्गुन २०७६, सोमबार १७:५८

हेटौंडा । पटकपटक मन्त्री बन्ने चर्चामा रहेर मन्त्री नियुक्त भएर पनि सपथ राेकिएका सांसद रामेश्वर फुयाल आजबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका फुँयाललाई आज बाग्मती प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख विष्णु प्रसाईले सपथग्रहण गराएका हुने । सपथ ग्रहणमा बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, मुख्यमन्त्री पौडेल, मन्त्रीहरु, सांसदलगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित फुँयाललाई मन्त्री बन्नबाट आफ्नै पाटीले रोकेको थियो । केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए । मुख्यमन्त्री पौडेलले पार्टीका शिर्ष नेताहरुसँगको छलफलपछि फुयाललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*