कारागारबाट बाहिरिँदै के भने महराले (भिडियाे सहित)
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई कारागारमा रहँदा सहयोग र सद्भाव प्राप्त भएको बताएका छन् । जिल्ला अदालत काठमाडौंले महरा निर्दोष रहेको फैसला गरेसँगै उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका हुन् ।
कारागारबाट निस्किँदै गर्दा पूर्वसभामुख महराले भने, ‘मलाई न्याय दिलाउने सम्मानित अदालतप्रति कृतज्ञता प्रकट गर्दछु । कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदीबन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गर्दछु । अरु कुरापछि गरौंला ।’ श्राेत : नागरिक खबर











