महरा रिहाईपछि बाबुरामले भने:मियाँ बीबी राजी तो क्या करेगा काजी !

निरन्तर न्यूज
६ फाल्गुन २०७६, मंगलवार १३:२२

काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहाई भएपछि महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने आफ्नो अनुमान अनुरुप नै फैसला आएको टिप्पणी गरेका छन् । महरा रिहाई भएको बिबिसी नेपालीको एक समाचार सेयर गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्,महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ!शायद सत्य त्यही हो!मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ! तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ!जे हुनु भैगयो! अब बृहद सामाजिकरराष्ट्रिय मुद्दामा केन्द्रित होऔं !श्रोत रिपोर्टस् नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*