प्रधानमन्त्रीमाथि बाबुरामको कटाक्ष : किसानबाट खोसेर मातातीर्थको जग्गा पनि यतीलाई नै सुम्पिने हो?

निरन्तर न्यूज
७ फाल्गुन २०७६, बुधबार १३:३५

काठमाडौं । काठमाडौंको मातातीर्थस्थित नेपाल ट्रस्टको जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेलेको विषयमा सरकारले अनुसन्धानमा तान्‍ने भएपछि पूर्वप्रधानमन्त्री अध्यक्ष डा।बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। बुधबार आफ्नो फेसबुक पेजमा लेख्दै समाजवादी पार्टीका संघीय परिषदका अध्यक्षसमेत रहेका भट्टलाईले नीतिगत निर्णयलाई उछालेर संसद र जनतामा भ्रम छर्नु आपत्तिजनक भएको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि एक कार्यक्रममा बोल्दै २०६९ कात्तिक २ गते नेपाल ट्रस्ट ऐन २०६४ को दफा ९४० को उपदफा २ र ३ विपरीत निर्णय भएको भन्दै मातातीर्थको जग्गाको विषयमा पनि ललिता निवास जग्गा प्रकरण जस्तै छानबिन हुने बताएका थिए। ‘सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रम केपी ओलीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको

मातातीर्थको जोताहा-मोहीको जग्गासम्बन्धी मेरो मन्त्रिपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ’ उनले लेखेका छन्, ‘अरूमाथि हिलो छ्यापेर आफ्नो आङको फोहोर पखालिन्न भन्ने बुझ्दा राम्रै होला!’

मन्त्रिपरिषदको विधिसम्मत नीतिगत निर्णयको विषयमा छानविन गर्दा कालिदासको अभिगत सम्झन पनि उनले भनेका छन्।‘मन्त्रिपरिषद्को विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासलेझैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ स्मरण गर्नु उचित होला!’ बाबुरामले लेखेका छन्। त्यस्तै उनले राजाको नाममा रहेको जग्गा नेपाल ट्रस्ट हुँदै यति होल्डिङ्ग्सलाई सुम्पन लागेको भन्दै ‌शंका पनि गरेका छन्। भट्टराईले लेखेका छन, ‘जोताहा किसानको जमिन फेरि राजाको नाउँमा लगेर नेपाल ट्रस्ट हुँदै यति होल्डिङ्ग्सलाई सुम्पने दाउ हो भने भन्‍नु केही छैन।’ श्रोत थाहा खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*