सबै सरकारी सुविधा फिर्ता गरेर घर फर्किए बाँस्कोटा

निरन्तर न्यूज
८ फाल्गुन २०७६, बिहीबार २१:१७

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजिनामा दिएका नेकपाका नेता गोकुलप्रसाद बाँस्कोटा सबै सरकारी सुविधा बालुवाटारमाै त्यागेर घर फर्किएका छन । मन्त्रीबाट राजिनामा दिए लगत्तै उनले इमान्दारिता पूर्वक मन्त्रीको हैसियतामा प्राप्त सबै सुविधा त्यागेका हुन ।

बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिए लगत्तै झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर बाँस्कोटा प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट स्थित निवासमा पुर्‍याएका हुन । बास्कोटा मन्त्री भएदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका थिए । सोत : दैनिकि

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*