शहरी विकास मन्त्रीकाे जिम्मा नेम्वाङलाई, सन्चार मन्त्रीमा खतिवडा

निरन्तर न्यूज
९ फाल्गुन २०७६, शुक्रबार ११:४६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा पछि उनले लिंदै आएको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई दिईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा खतिवडाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

बास्कोटाले सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङलाई दिईएको राष्ट्रपति कार्यालय प्रवक्ता हरिप्रसाद दाहालले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*