कार्डिफ सिटीका पूर्व खेलाडी पिटरको निधन

निरन्तर न्यूज
९ चैत्र २०७६, आईतवार १२:०१

एजेन्सी । कार्डिफ सिटीका पूर्व मिडफिल्डर पिटर विटिङघमको निधन भएको छ । ३५ वर्षे पिटरको बिहीबार निधन भएको हो । टाउकोमा गहिरो चोट बोकेपछि अस्पतालमा भर्ना भएका उनको निधन भएको हो ।

पिटर कार्डिफका सर्वकालिन उत्कृष्ट खेलाडी हुन् । सन् २००७ मा कार्डिफबाट खेलेका उनले सन् २०१७ सम्म ४ सय ५९ खेलमा ९८ गोल गरेका थिए ।

पिटरले इङल्यान्डको यू–२१ टोलीबाट पनि खेलको थिए । कार्डिफमा पिटर १० वर्ष सम्म रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु