उज्बेकिस्तान सँगकाे हारसँगै नेपाल एएफसी एसियन कप छनोट चरणबाटै बाहिरियाे

काठमाडौं । टाइब्रेकरमा उज्बेकिस्तानसँग पराजित हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट चरणबाटै बाहिरिएको छ।
निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा नेपाल उज्बेकिस्तानसँग ४–२ ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो।
नेपालका लागि गीता राना, सविता रानामगरको प्रहार सफल भए पनि कप्तान सावित्रा भण्डारी साम्बा र गोलरक्षक अञ्जना राना मगर चुके ।उज्बेकिस्तान सन् २०२६ मा हुने महिला एसियन कपमा छनोट भएको छ।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै खेललाई बराबरीमा ल्याएको थियो। निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो।
खेलको ७१ औँ मिनेटमा कप्तान सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याइन्। त्यसको दुई मिनेटमा नै साम्बाले ह्याट्रिक पूरा गर्दा नेपाल ३–३ को स्थितिमा आएको थियो।