अब चैत्र २५ सम्मको लागि लकडाउन लम्बियो

निरन्तर न्यूज
१६ चैत्र २०७६, आईतवार २१:१२

काठमाडौ । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नलाई लागू  गरेको लकडाउन थप ८ दिनलाई लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम र सम्भावनालाई मध्यनजर गरेर लकडाउनको समय थप ८ दिनलाई लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले अघिल्लो पटक घोषणा गरेको लकडाउन चैत्र १८ गते बिहान ६ बजे समाप्त हुँदैछ । लकडाउन समय समाप्त हुनुभन्दा अघि नै सरकारले आगामी चैत्र २५ सम्मलाई दोस्रो पटक लकडाउन गर्नेे निर्णय गरेको हो ।
यसअघि आइतबार नै बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले देशभर जारी लकडाउन लम्बाउनु पर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*