नेकपा सचिवालय बैठक वैशाख २० मा बस्ने
काठमाण्डाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक वैशाख २० गते फेरि बस्ने गरी सकिएको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे सचिवालय बैठकमा पार्टीको आन्तरिक समस्या, सरकारको काम-कारबाही लगायत स्थायी समिति बैठकबारे छलफल भएको नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सचिवालय बैठकले अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार उपयुक्त निर्णय गर्ने नेता श्रेष्ठले बताए ।
बैशाख २० गते बस्ने सचिवालय बैठकले स्थायी समिति बैठकबारे आवश्यक निर्णय गर्ने उनले बताए।











