प्रदेश नं १ मा बजेट अधिबेशन बोलाउने तयारी

निरन्तर न्यूज
२१ बैशाख २०७७, आईतवार १६:५५

विराटनगर । समाजिक दुरी कायम गरेर प्रदेश नं १ मा बजेट अधिबेशन बोलाउने तयारी भएको छ । आज बसेकाे प्रदेश सभाको कार्याव्यवस्था समिति बैठकले सामाजिक दुरी कायम गराएर संसदको अगामी बजेट अधिबेशन बोलाउने तयारी थालेको हो ।

सामाजिक दुरी कायम गराउन यी उपाय 

प्रदेश सभाका प्रबक्त्ता दयाराम दाहालका अनुसार साँघुरो भएपनि कुर्सी फराकिलो बनाएर समितिका सांसदहरु मात्र सहभागी भएर प्रदेश सभाकै बैठक कक्षमा सञ्चालन गर्ने, दोस्रो फराकिलो र सुबिधाजनक सरकारी र गैरसरकारी कार्यालयका सभाहरु खोज्ने र उपयुक्त लागेमा त्यहीबाटै छोटो छरितो ढंगले बजेट अधिबेशन सञ्चालन गर्ने तेस्रो हाल प्रदेश सभा रहेको विराटनगर देवकोटा चौक स्थित भवन परिसरमा प्रिक्यापको फराकिलो भवन बनाउने र त्यही सभा सञ्चालन गर्ने ।

यसैगरि २१ बैसाखमा बसेको कार्याव्यवस्था समितिको बैठकले १७ जेठ सम्ममा बजेट अधिबेशन बोलाइसक्ने निर्णय गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*