लिभरपुलले क्रिस्टल प्यालेसलाई ४-० गोलले पराजित गर्याे

निरन्तर न्यूज
११ असार २०७७, बिहीबार १०:२९

काठमाडौँ । लिभरपुल प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदान एनफिल्ड भएको खेलमा लिग लिडर लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–० गोलले पराजित गरेको छ । यो जितसँगै लिभरपुल यस सिजनको प्रिमियर लिग उपाधि नजिक पुगेको छ । अब लिभरपलले एक खेल जितेमा प्रिमियर लिग उपाधि जित्नेछ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुललाई उपाधि जित्न दुई अंकको आवश्यकता रहेको छ ।

क्रिस्टल प्यालेसविरुद्ध सानदार खेल प्रदर्शन गरेको लिभरपुलका लागि विंगर खेलको २३ औँ मिनेटमा एलेक्जेन्डर अर्नोल्डले गोल गर्दै अग्रता दिलाए । खेलको ४४ औँ मिनेटमा मोहमद सलाहा गोल गरे ।

डिफेण्डर फाबिन्होले खेलको ५५ औं मिनेटमा गोल गरे । खेलको ६९ औं मिनेटमा साडियो मानेले गोल गरे । लिभरपुल सामु क्रिस्टल प्यालेस निरिह नै देखियो । हरेक क्षेत्रमा लिभरपुलको दबदबा रहेको खेलमा क्रिस्टल प्यालेसले एक गोल पनि फर्काउन सकेन ।

सानदार जित हात पारेको लिभरपुलको ३१ खेलमा ८६ अंक भएको छ । क्रिस्टल प्यालेस ४२ अंकका साथ लिगको नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु