गाउँसभामानै कुटिए अध्यक्ष

निरन्तर न्यूज
११ असार २०७७, बिहीबार १०:३६

झापा । झापाको हल्दिवारी गाउँपालिका अध्यक्ष गाउँसभामानै कुटिएका छन् । बुधबार भउको गाउँसभामा कुटाकुट भएको हो

अध्यक्ष रविन्द्र लिङ्गदेनलाई गाउँसभाका केही सदस्यले मुक्का प्रहार गरेका थिए ।

उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् ।

अध्यक्ष लिङ्गदेनले गाउँसभा विथोल्न आएका केही व्यक्तिले यो घटना गराएको बताए ।

सो घटनामा झ्याल, ढोका, टेवल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको छ ।

अध्यक्ष लिङ्देनले नेकपाबाट निर्वाचित गाउँसभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् ।

गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटा भने अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको प्रतिकृया दिए ।

विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा बिसर्जन समेत नगरी बाहिरिएका थिए ।

त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।

हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*