प्रिमियर लिगमा नरविच विरुद्ध आर्सनलकाे सानदार जित

निरन्तर न्यूज
१८ असार २०७७, बिहीबार ०७:५५

काठमाडौँ । गएराति भएको प्रिमियर लिगमा आर्सनलले सानदार जित निकाल्न सफल भएको छ । आर्सनलले नर्विच सिटीलाई ४-० गोलले पराजित गर्न सफल भएको हो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई प्रभावशाली जित दिलाउन पेरिक इमरिक अबुमियाङले दुई गोल गरे ।

त्यस्तै ग्रानिट जाखा र सेड्रिकले एकएक गोल गरे ।

आर्सनलले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा पनि दुई गोल गरेको थियो ।

यो जितसँगै आर्सनल लिगको सातौँ स्थानमा उक्लिएको छ । ३२ खेलमा आर्सनलको ४६ अंक भएको छ । त्यस्तै पुछारमा रहेको नर्विचको २१ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु