इस्पोर्टस् फ्रि–फायर प्रतियोगितामा रुपन्देहीको एटीई स्पोर्टस् प्रथम

निरन्तर न्यूज
२० जेष्ठ २०८२, सोमबार ०७:३८

हेटौँडा । मकवानपुरमै पहिलो पटक आयोजना गरिएको इस्पोर्टस् फ्रि–फायर प्रतियोगितामा रुपन्देहीको एटीई स्पोर्टस् प्रथम भएको छ । शनिबार हेटौँडा–२ स्थित पल्पसा प्याराडाइज होटलमा भएको फाइनल प्रतिस्पर्धामा सहभागी १२ टिममध्ये रुपन्देहीको एटीई प्रथम हुन सफल भएको हो । यस्तै कास्कीको ग्याङव्याङ द्वितीय भयो भने काठमाडौंको फ्ललेस स्पोर्टस् तृतीय भएको छ ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई पुरस्कृत गरिएको थियो । फाइनल खेल ८ चरणमा खेलाइएको थियो । हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टिभिको आयोजनामा भएको प्रतियोगितामा देशभरबाट खेलाडी सहभागी भएका थिए । नेशनल गोल्ड टेलिभिजनका प्रबन्ध निर्देशक उज्जवल चौलागाईले किशोर तथा युवा माझ लोकप्रिय र अन्तर्राष्ट्रियस्तरमै आयोजना हुने प्रतियोगिताको पहिलो संस्करण उत्साहजनक रहेको र यसलाई निरन्तरता दिइने घोषणा गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*