प्रचण्ड-ओली वान टु वान भेटवार्ता सकारात्मक
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको भेटवार्ता सकिएको छ । सोमबार बिहानबाट बालुवाटारमा सुरु भएको भेटवार्ता सकरात्मक रहेको बताइएको छ ।
अध्यक्षद्वयबीच भएको छलफल सकरात्मक रहेको र पुनः अर्को वार्ता गर्ने सहमतिसहित सकिएको स्रोतले जानकारी दिएको छ ।
अबका भेटवार्ता वन टु वन गर्ने प्रचण्डको चाहना रहेको र उनी कुनै कार्यदल बनाउन इच्छुक नरहेको प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ ।
सकेसम्म अध्यक्षद्वयबीच मात्रै छलफल गर्ने र आवश्यक परे वरिष्ठ नेताहरु मात्रै बस्ने गरी सोच बनाइएको उक्त स्रोतले जनाएको छ ।
आजको वार्तामा कुनै पनि प्रगति नभए पनि हार्दिकतापूर्वक छलफल गर्ने वातावरण भने बनेको बताइएको छ ।










