प्रधानमन्त्री ओलीकाे पक्षमा कम्युनिष्ट युवा विद्यार्थिकाे हेटाैँडामा र्याली
हेटौंडा । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता-कार्यकर्ताले हेटाैँडाकाे मुख्य बजारमा र्याली निकालेका छन् ।
कम्युनिष्ट युवा विद्यार्थि मकवानपुरले ‘देशकाे मुहार फेर्नुछ साथी पार्टीभन्दा राष्ट्रमाथि’ लेखिएर ब्यानर सहितकाे र्यालि निकालिएकाे हाे।
कामरेड केपि ओलिलाइ काम गर्न देउ, मान्छेको सान बोलीले नेपालको सान ओलीले, वि आर विद् पिएम केपि ओली, सपोर्ट पिएम केपि ओली, अस्थिरता चाहिंदैन सरकार ढाल्न पाइदैन जस्ता नारा लगाएका थिए ।
र्यालीमा मकवानपुर कम्युनिष्ट युवा विद्यार्थी भनिएतापनि जिल्लाका ओली पक्षधर युवा विद्यार्थी नेताहरुले अगुवाइ गरिरहेका स्पष्ट देखिन्थ्याे ।
पार्टी एकता र ओलीकाे सरकारकाे पाँच वर्षकाे स्थिरताकाे लागि हामी युवा विद्यार्थिहरुले स्वस्फुर्तरुपमा शान्तिपूर्ण र्याली गरेकाे एक युव नेताले बताए ।












