सेभियाले इबारलाई १-० गोल हरायाे : स्पेनिस लिग ला लिगा
निरन्तर न्यूज
२३ असार २०७७, मंगलवार १०:३०

काठमाडौँ । स्पेनिस लिग ला लिगामा सेभियाले इबारलाई १-० गोलले पराजित गरेको छ । सेभियालाई जित दिलाउन लुकास ओकम्पासले एकमात्र गोल गरे । उनले खेलको ५६ औँ मिनेटमा गोल गरे ।
कठिन जित हात पारेको सेभियाको ३४ खेलमा ६० अंंक रहेको छ । सेभिया लिगको चौथो स्थानमा रहेको छ । लिगको १७ औँ स्थानमा रहेको इबारको ३५ अंक रहेको छ ।