सरिता गिरीलाई सांसद पद र साधारण सदस्यसमेत नरहने गरी कारबाही
काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सांसद गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने री सांसद पदबाट हटाउने निर्णय गरेको उक्त पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको निर्णय लिएको छ, सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरिएको छ । पार्टीको यो निर्णयबारे संसदलाई जानकारी दिने पनि निर्णय भएको छ,’ पाण्डेले जानकारी दिए ।











