पुल्चोकमा नेकपाको दोस्रो तहका नेताहरुको बैठक

निरन्तर न्यूज
२३ असार २०७७, मंगलवार १६:५०

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद चुलिएसँगै दाेस्राे् र तेस्राे तहका अरु नेताहरु छलफलमा जुटेका छन् ।

पार्टीलाई विभाजनबाट जोगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दोस्रो तहका नेताहरु अहिले छलफल गरिरहेका छन् ।

कृषिमन्त्री समेत रहेका नेता घनश्याम भुषालको नेतृत्वमा पार्टीका तीनवटै गुटका दोस्रो तहका नेताहरु पुल्चोकको एक होटेलमा भेला भएका छन् । सहभागि नेताहरु कुनै पनि हालतमा पार्टीलाई फुटबाट जोगाउन नेतृत्वलाई दबाब दिने रणनीति बनाइरहेका छन् ।

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने दाहाल नेपाल समूहको माग छ । तर आफूले दुवै पदबाट राजीनामा नदिने बरु पार्टी विभाजन गरेर अघि बढ्ने चेतावनी ओलीले दिएपछि नेकपामा विवाद चुलिएकाे हाे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*