केपी पक्षधरकाे र्यालीलाई काउन्टर दिदै प्रचण्ड-माधव समूहद्वारा नेकपा मकवानपुर कार्यालयमा प्रदर्शन

निरन्तर न्यूज
२३ असार २०७७, मंगलवार १७:३२

हेटौंडा । हिजाे प्रधानमन्त्री केपी ओेली निकटका जिल्ला तहका कार्यकर्ताले वागमती प्रदेशकाे राजधानी हेटाैँडामा र्याली निकालेकाे भाेलीपल्ट (आज) पूर्व माओवादी नेताहरु सहित माधव नेपाल पक्षधरका कार्यकर्ताले एकताका लागि दबाब अभियान भन्दै काउन्टर दिएका छन् । अघिल्लाे दिनकाे र्यालीलाई काउन्टर दिदै नेकपा मकवानपुरकाे जिल्ला कार्यालय घेराउ गर्नुका साथै ज्ञापन पत्र समेत बुझाएका छन् ।

प्ले कार्ड बाेकेका जिल्ला तहका युव, विद्यार्थि, महिला लगायतका जनवर्गीय संगठनकाे नेतृत्व गरिसकेका नेताहरु सयाैँ संख्यामा सहभागि भएका थिए ।

नेताहरुले  नीति र विधि प्रधान पार्टी निर्माणका लागि भन्दै हेटौंडामा पूर्वमाओवादीका नेता कार्यकर्ताले मंगलबार नेकपा मकवानपुर पार्टी कार्यालयमा घेराउ गर्नुका साथै पाटी केन्द्रीय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

उनिहरुले नेकपा मकवानपुर सचिव प्रेम बहादुर पुलामी मार्फत् नेकपा केन्द्रीय सदस्य कुमारी मोक्तानलाई ज्ञापन पत्र बुझाएका हुन्।

हेटौंडा–५ पुष्पलाल पार्क अगाडि रहेको नेकपा पार्टी कार्यालयमा पूर्वमाओवादी निकट नेता कार्यकर्ताहरुले धर्ना दिएका हुन् । उनीहरुले पार्टी विधिसम्बत ढंगबाट संचालन हुनुपर्ने माग राखेका छन् । दबाब अभियानमा सहभागि एक नेताले भने ‘याे एक किसिमकाे काउण्टर नै हाे’, शुरुवात हामीले गरेका हैनाै तर हामीले विधिमा रहेर जिल्ला देखि केन्द्रिय कार्यालयलाई एकताका लागि ज्ञापन पत्र समेत पेश गरेका छाैँ, उनले थपे ।

उनीहरुले ‘फुटवादीहरु होसियार’, ‘व्यक्ति होइन निति प्रधान पाटी निर्माण गरौ’, ‘पाटी बैठकमा मन माझामाझ गर ,बाहिरको तमासा बन्द गर’ जस्ता नारा लगाएका थिए । पछिल्लो राजनैतिक घटना क्रममा नेकपा दुई खेमामा विभाजन भएको केन्द्रदेखि जिल्लातह सम्म स्पष्ट देखिएकाे छ ।

सोमबार केपी पक्षले हेटौंडाको बुद्धचोकमा ‘कम्युनिष्ट युवा बिद्यार्थी मकवानपुर’ को व्यानरमा प्रदर्शन गरेका थिए भने मंगलबार पूर्वमाओवादी पक्षले ‘एकताका लागि दबाब अभियान, मकवानपुर’ को व्यानरमा प्रर्दशन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*