सरिता गिरीलाई सांसद पदबाट हटाउने पत्र संसद् सचिवालयमा दर्ता

निरन्तर न्यूज
२४ असार २०७७, बुधबार १९:२२

काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई सांसद पदबाट हटाउने पत्र संसद् सचिवालयमा दर्ता गरेको छ ।

बुधबार पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र प्रमुख सचेतक उमाशंकर अरगरियाले संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई उक्त पत्र दर्ता गरेका हुन् ।

संसदीय प्रक्रिया अनुसार अबको १५ दिनमा पद रिक्त हुन्छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा कुनै सांसदलाई दलबाट निष्कासन गरिए उसको पद गुम्ने व्यवस्था उल्लेख गरिएको छ । सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सूचना पढेर वा टाँस गरेपछि उक्त सदस्यको स्थान रिक्त भएको मानिन्छ ।

मंगलबार समाजवादी पार्टीले सांसद गिरीको साधारण सदस्य र सांसद पद दुवै नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो । नेपालको राष्ट्रियतामाथि लगातार आपत्तिजनक र विवादित अभिव्यक्ति दिँदै आएको आरोप उनीमाथि लागेको छ ।

सांसद गिरीले भने आफूमाथि अन्याय भएको भन्दै अदालत जाने बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*