सामाजिक सञ्जालमा नेकपाकाे दुई धार : आइएम विथ केपी ओली र आइएम विथ एनसीपी

निरन्तर न्यूज
२५ असार २०७७, बिहीबार ०७:५८

काठमाण्डाैँ । नेकपाभित्र आन्तरिक विवाद चुलिएपछि युवा र विद्यार्थी दुई धारमा देखिएका छन् । सडकमा प्रदर्शनदेखि सामाजिक सञ्जालमा दुई धार देखिएका हुन् ।

शीर्ष नेताबीच छलफल चलिरहेको अवस्थामा दुई पक्षका युवा कार्यकर्ता सामाजिक सञ्जालमा एक अर्का विरुद्ध उत्रिएका छन् ।

ओली पक्षका युवा र विद्यार्थी ‘आजलाई होइन भोलिलाई, स्थिर सरकारका लागि पाँच वर्षे कार्यकाल ओलीलाई’ भन्ने अभियान चलाइरहेका छन् । ओली पक्षले सडकमा दबाबमुलक प्रदर्शन पनि गरिरहेका छन् ।

सामाजिक सञ्जालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले ‘आजलाई होइन भोलिलाई, व्यक्ति होइन विधिलाई’ भन्ने अभियान सञ्चालन गरेका छन् ।

ओली पक्षको आइएम विथ केपी ओली ट्याग अभियान छ । प्रचण्ड र नेपाल पक्षले आइएम विथ एनसीपी (नेपाल कम्युनिष्ट पार्टी) ट्याग अभियान चलाएका छन् ।

प्रचण्ड र नेपाल पक्षका कार्यकर्ताले सुरू गरेकाे ट्याग अभियान

बुधबारबाट प्रचण्ड र माधव नेपाल पक्षले ‘आजलाई होइन भोलिलाई, व्यक्ति होइन विधिलाई’ अभियान फेसबुकमा सञ्चालन गरेका छन् । ओली पक्षले केही दिन अघिदेखि नै अभियान सञ्चालन गरिरहेका छन् ।

ओली पक्षका कार्यकर्ताकाे अभियान

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*