भिमसेन गाउँपालिकामा जसपाकाे सचेतना अभियान सहित ध्यानाकर्षण
गाेरखा । काेराेनाकाे महामारी फेलिन नदिन जनता समाजवादी भिमसेन गाउँपालिकाले सम्वन्धित निकायकाे ध्यानाकर्षण गराउँदै अप्रमाणित र तथ्यहीन कुराकाे वकालत नगर्ने अनुराेध गरेकाे छ ।
भिमसेन थापा गाउँपालिकाका बढ्दै गैरहेकाे संक्रमित संख्यालाई मनन गर्दै सचेतना अभियान समेत सन्चालन गरिरहेकाे जसपाका युवा नेता सन्जीत दुवाडीले जानकारी दिए । सरकारले आग्रह गरेकाे काेभिडकाे नियमलाई जनस्तरमा कार्यान्वयन गरि काेभिडबाट बच्न तथा यसकाे राेकथाम तथा नियन्त्रणकाे लागि सचेतना गरिरहेकाे दुवाडीले बताए ।
साथै यस विषम परिस्थितमा धैर्यतापूर्वक रहने र सरकारले गरेकाे आग्रह जनस्तरबाट परिपालना गरि काेराेनाकाे राेकथाम र नियन्त्रणमा लाग्नु पर्ने भन्दै जनता समाजवादी पार्टीले विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएकाे छ ।
उक्त पार्टीका गाउँपालिका अध्यक्ष राेहीत पाण्डेद्वारा जारी विज्ञप्तीमा अस्थिर राजनीतिक वातावरण बनाउने, सत्ता जाेगाउन र सत्ता प्राप्त गर्न अराजनीतिक गतिविधि गर्ने तथा खाेक्राे राजवादकाे नारा लगाई जनता भ्रमित गर्ने कार्य भैरहेकाे भनिएकाे छ ।
‘यस पिडाकाे समयमा राहतकाे नाममा केन्द्र सरकारदेखि प्रदेशहुँदै स्थानीय सरकारसम्म कतिपय नीतिगत र आर्थिक भ्रष्टचारमा लिप्त भएकाे कुरामा गम्भीर ध्यानाकर्षण भएकाे छ’ विज्ञप्तीमा उल्लेख छ ।
उक्त पार्टीले २४ घण्टाभित्र पिसिआर परिक्षण रिपाेर्ट दिन समेत आग्रह गर्दै काेराेनामा ज्यान गुएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै संक्रमितहरुकाे स्वास्थ्य लाभकाे कामना समेत गरेकाे छ ।












