बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न सिन्धुपाल्चोक गएको हेलिकप्टर आकाशबाटै फर्कियो
काठमाडौं । बाढीले पुर्याएको क्षतिको अवलोकनका लागि सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।
खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएकाे हाे ।
हेलिकप्टरमा सभामुख अग्निप्रसाद सापकोटासमेत गएका थिए । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
बाह्रबीसेमा रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली अहिले बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको छ ।











