सलहको थप झुण्ड नेपाल छिर्ने सम्भावना, सतर्क रहन कृषि मन्त्रालयकाे आग्रह

निरन्तर न्यूज
२८ असार २०७७, आईतवार ०८:२८

काठमाडौं । भारतबाट सलहको थप झुण्ड नेपाल आउने सम्भावना रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । भारतबाट सलहको झुण्ड हावाकाे गतिसँगै नेपाल आउने सक्ने भन्दै मन्त्रालयले सतर्क रहन आग्रह गरेको हो ।

१४ असारमा नेपालमा सलह प्रवेश गरेको थियो । सो समय भित्रिएको सलहको झुण्ड सानो थियो । तर अर्को ठूलो झुन्ड आउने सम्भावना बढेको मन्त्रालयले जनाएकाे छ ।

सुरुमा आएका सलह आफैँ हराउँदै गएको छ । भारतको पटना, दरभङ्गा, वनारसलगायतका क्षेत्रमा देखिएको सलह कुनै पनि बेला नेपाल छिर्नसक्ने मन्त्रालयकाे प्रक्षेपण रहेकाे छ  ।

भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपास १५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा छन् ।

यी झुन्डहरू हावाको बहावसँगै नेपालको धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेकाे मन्त्रालयले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*